१. प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि एवं नियुक्त पदाधिकारी र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,
२. समस्यामूलक अनुसन्धान तथा सवाल केन्द्रित बहसबाट प्राप्त तथ्य र सन्दर्भको आधारमा प्रशिक्षण सामग्री तयारी तथा परामर्श एवं सूचना सेवा सम्बन्धी कार्य गर्ने,
३. आर्थिक विकास र सुशासनमा सघाउ पुर्याउन प्रदेश र स्थानीय तहमा संस्थागत र प्रणालीगत विकासका कार्यक्रमहरु सञ्चालन गर्ने,
४. शासकीय प्रबन्ध, व्यवस्थापन र विकास लगायतका विषयमा अनुसन्धानमूलक क्रियाकलापहरू बाट तथ्य र तथ्यांक प्राप्त गरी नीति निर्माण कार्यमा सहयोग पुर्याउने ।