• २०८२ मंसिर ३  बुधवार
  • Wednesday 19 Nov 2025

   २ दिवसिय क्षमता विकास कार्यक्रम सम्‍पन्‍न

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीको आयोजनामा सुदूरपश्‍चिम प्रदेश प्रमुखको सचिवालय, प्रदेश सभा सचिवालय तथा मन्‍त्रिपरिषद्का सचिवालयका लागि २ दिवसिय क्षमता विकास कार्यक्रम कैलालीको गोदावरीमा सम्‍पन्‍न भएको छ ।२०८२ भाद्र १८ गते शूरु भएको कार्यक्रम १९ गते समापन भएको हो  । कार्यक्रममा प्रदेश प्रमुख, मुख्‍यमन्‍त्रि, मन्‍त्रिहरु, सभामुख, उपसभामुख लगायतका सचिवालयका प्रमुख स्‍वकिय सचिव, स्‍वकिय सचिव तथा नीजि सचिवहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल सरकारका पूर्व सचिव श्री कृष्‍णहरी बास्‍कोटाले गर्नुभएको थियो । सचिवालय व्‍यवस्‍थापन गरि सेवा प्रवाहलाइ सहयोग पुर्याउने तथा सचिवालयका कर्मचारीहरुको आचरण, व्‍यवहार, सचिवालयको प्रभावकारी कार्य सम्‍पादन लगायतका विषयहरुमा बिभिन्‍न विधिहरुको प्रयोग मार्फत प्रशिक्षण गरिएको थियो ।