• २०८२ मंसिर ३  बुधवार
  • Wednesday 19 Nov 2025

   राजश्व सुधार क्षमता विकास कार्यक्रम सम्‍पन्‍न

Gallery Image

सुदूरपश्‍चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्‍ठान पुन्‍ना, डोटीको आयोजनामा कंञ्‍चनपुर जिल्‍लाका स्‍थानीय तहका राजश्‍व परामर्श समितिका पदाधिकारीहरुका लागि ३ दिवसिय क्षमता विकास कार्यक्रम मिति २०८२ असोज २८ मा सम्‍पन्‍न भएको छ । कार्यक्रम असोज २६ गते शुरु भएको थियो । कार्यक्रम स्‍थानीय  राजश्‍व सुधारलाइ बैज्ञानिक तथा वस्‍तुपरक एथार्थतामा, राम्रा गरीएका प्रयास/सिकाइ र उपलब्‍धिका साथै राजश्‍व परामर्श समितिको भूमिका तथा जिम्‍मेवारीका विविध सवालहरुमा प्रशिक्षण गरीएको थियो । राजश्‍वको दर तथा दायरालाइ जनमुखि र व्‍यवहारीक बनाउनको लागि कार्यक्रम फलदायि भएको स्‍थानीय तहका उपप्रमुख तथा परामर्श समितिका पदाधिकारीहरुको भनाइ रहेको थियो । कार्यक्रमको सहजिकरण दामोदर गिरी तथा लोक बहादुर थापाले गर्नु भएको थियो ।