यस सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीको चालु आ.व.२०८१/०८२ को बार्षिक कार्यक्रम अनुसार ‘‘स्थानीय तहमा निर्वाचित दलित तथा सिमान्तकृत सदस्यहरुको लागि ३ दिने क्षमता विकास कार्यक्रम” संचालन गरिने भएकाले अछाम जिल्ला अन्तर्गतका सम्पूर्ण स्थानीय तहबाट निर्वाचित २ जना दलित महिला सदस्य र १ जना सिमान्तकृत सदस्य गरि ३ जना तालिममा सहभागिताका लागि यसै सूचना द्वारा जानकारी गराईन्छ |