• २०८२ मंसिर ३  बुधवार
  • Wednesday 19 Nov 2025

   पाचौं तथा छैठौं तहका कर्मचारिहरुको ३० कार्यदिन सेवाकालिन तालिम सम्‍पन्‍न

Gallery Image

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीको आयोजनामा संघ प्रदेश तथा स्‍थानीय तहमा कार्यरत पाचौं तथा छैठौं तहका कर्मचारिहरुका लागि आयोजना गरिएको ३० कार्यदिन सेवाकालिन तालिम प्रतिष्‍ठान पुन्‍ना डोटीमा असोज ६ गते समापन भएको छ । ३० कार्यदिन सेवाकालिन तालिम समापन कार्यक्रममा जिल्‍ला समन्‍वय समिति डोटीका प्रमुख श्री लक्ष्‍मण बहादुर सिंह तथा दिपालय सिलगढी नगरपालिका प्रमुख श्री विजय सिंह खड्का तथा प्रतिष्‍ठानका कार्यकारी निर्देशक श्री गेहेन्‍द्र बमको उपस्‍थिति रहेको थियो । सेवाकालिन तालिमका सहभागिहरुले तालिम उत्‍कृष्‍ट रहनुका साथै जिवन रुपान्‍तरणमा सहयोग गरेको र सेवाप्रवाहलाई प्रभावकारी बनाउनको लागि कर्मचारीहरुको मनोवल बढाई कार्य सम्‍पादनमा सुधार गर्ने विश्‍वास लिएका थिए । सुदूरपश्चिम प्रदेश अन्‍तरगतका ९ वटै  जिल्‍लाका  विभिन्‍न कार्यालयका २८ जना कर्मचारीहरुले सेवाकालिन तालिममा सहभागि रहेका थिए ।  जिल्‍ला समन्‍वय समिति डोटीका प्रमुख श्री लक्ष्‍मण बहादुर सिंहले प्रतिष्‍ठानले आफनो कार्यक्षेत्र अनुसार राम्रो कार्य गरिरहको साथै अझ उत्‍कृष्‍ट प्रतिष्‍ठान बनाउनको लागि सबैको सहयोग तथा सहकार्यको आवश्‍कता रहेको बताउनु भएको छ । कार्यकारी निर्देशक श्री गेहेन्‍द्र बमले सबै सरोकारवालाको सहयोग तथा समन्‍वयमा प्रतिष्‍ठान अगाढी बढीरहनुका साथै आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा गर्नुभएको छ ।