सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीको आयोजनामा सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहका खरिद इकाई प्रमुख तथा प्राविधिक कर्र्मचारीहरुका लागि ४ दिवसिय सार्वजनिक खरिद सम्बन्धी प्रयोगात्मक (e-GP) प्रशिक्षण धनगढीमा मिति २०८२ असोज २८ गते शुरु भइ ३१ गते सम्पन्न भएको छ । सार्वजनिक खरिद तथा अनुगमन कार्यालय काठमाण्डौको सहजिकरणमा स्थानीय तहमा सार्वजनिक खरिदमा देखिएका समस्याका साथै कठिनाइका वारेमा प्रयोगात्मक प्रशिक्षणको आयोजना गरिएको थियो ।सार्वजनिक खरिदका कानूनी प्राबधान तथा e-procurement को बारेमा सहभागीहरुलाई सजक गराउने तथा प्रयोगात्मक रुपमा प्रष्ट पार्ने I खरिद व्यवस्थापनका लागि आवश्यक कानून, कागजात र खरिद सम्वन्धमा जानकार गराउने I थप खरिद सीपका लागि सहभागीहरु जिज्ञासु, इच्छुक र खरिद कार्य व्यवस्थापनमा समूह भावको विकास साथसाथै सार्बजनिक खरिद अनुगमन कार्यालय र स्थानीय तहका बिचमा समन्वय तथा सहकार्यको बाताबरण सिर्जना गर्ने I
यो प्रशिक्षण निकै व्वहारिक तथा महत्वपूर्ण भएको सहभागि कर्मचारीहरुको धारणा रहेको थियो । ८८ स्थानीय तह मध्य ८० वटा स्थानीय तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।