• २०८३ आषाढ ३०  मङ्गलवार
  • Tuesday 14 Jul 2026

   अनुभव आदान प्रदान सम्‍पन्‍न

Gallery Image

सुदूरपश्‍चिम प्रदेश अनुसन्‍धान तथा प्रशिक्षण प्रतिष्‍ठान पुन्‍ना, डोटी र कोशी प्रदेश अनुसन्‍धान तथा प्रशिक्षण प्रतिष्‍ठान झापा विच अनुभव आदान प्रदान भएको छ । कोशी प्रदेश अनुसन्‍धान तथा प्रशिक्षण प्रतिष्‍ठान झापाका कार्यकारी निर्देशक श्री विष्‍णुकुमार कार्की सहितको टोलीले प्रदेश अनुसन्‍धान तथा प्रशिक्षण प्रतिष्‍ठान पुन्‍ना, डोटीमा अवलोकन भ्रमण गरि मिति २०८२ असोज २७ गते अनुभव आदान प्रदान गरेको छ । उत्त कार्यक्रममा सुदूरपश्‍चिम प्रदेश अनुसन्‍धान तथा प्रशिक्षण प्रतिष्‍ठान पुन्‍ना, डोटीका कार्यकारी निर्देशक श्री गेहेन्‍द्र बमले प्रतिष्‍ठानले सम्‍पादन गरिरहेका गतिविधिका साथै संस्‍थागत विकासका प्रयासका साथै आगामी कार्ययोजनाका वारेमा जानकारि गराउनु भएको थियो, साथै कोशी प्रदेश अनुसन्‍धान तथा प्रशिक्षण प्रतिष्‍ठान झापाका कार्यकारी निर्देशक श्री विष्‍णुकुमार कार्कीले प्रतिष्‍ठानले  सम्‍पादन गरिरहेका कार्यहरुका साथै भौतिक पूर्वाधार र संस्‍थागत विकासका विभिन्‍न सवालहरुमा जानकारी गराउनु भएको थियो ।भ्रमणटोलीले प्रतिष्‍ठानको भौतिक संरचनाहरुको अवलोकन गर्नुका साथै पुस्तकालय, आवास गृह लगायतको अवलोकलन गर्नुका साथै अनुभव आदान प्रदानले दुवै प्रतिष्‍ठानले गरिरहेका असल अभ्‍यासका साथै नयाँ सिकाइहरु आदान प्रदान गर्नमा सहयोग पुग्‍ने र सेवा प्रवाहलाइ प्रभावकारी बनाउनमा सहयोग पुग्‍ने विश्‍वास लिइएको छ ।