• २०८३ बैशाख २ बुधवार
  • Wednesday 15 Apr 2026

   संघ, प्रदेश र स्थानीय तहका अन्तरक्रिया कार्यक्रम

Gallery Image

मिति २०८२ साल कार्तिक २५ गतेका दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा यस प्रतिष्ठानको हलमा संघ, प्रदेश र स्थानीय तहका जिल्लास्थित सबै कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेश सभाका सदस्य सहितको उपस्थितिमा तीन तहको सरकारको बिचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो . जसको प्रमुख अतिथ्यता माननीय मुख्यमन्त्री तथा कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुखले गर्नु भएको थियो . उक्त कार्यक्रम औपचारिक रुपमा शुरु भई प्रतिष्ठानका कार्यकारी निर्देशकको स्वागत मन्तब्य पछि खुला छलफलमा परिणत भएको थियो . छलफल कार्यक्रममा उपस्थित कार्यालय प्रमुख तथा सम्पूर्ण जनप्रतिनिधिहरुले आफ्नो कार्यालय अन्तर्गतको विद्यमान परिवेशको बारेमा धारणा राखेका थिए भने प्रमुख जिल्ला अधिकारी श्री मोहन राज जोशीज्यूले समग्र जिल्लाको शान्ति सुरक्षाको अबस्था तथा निर्बाचनको तयारीको बारेमा छोटो प्रस्तुति गर्नुभएको थियो . अन्त्यमा सहभागीबाट उठाईएका जिज्ञासा तथा आगामी प्राथमिकताको बारेमा प्रदेशसभा सदस्य तथा माननीय मुख्यमन्त्रीज्यूले सम्बोधन गरी कार्यक्रमको समापन गरिएको थियो .