• २०८३ बैशाख २ बुधवार
  • Wednesday 15 Apr 2026

   स्थानीय सरकार संचालन तथा नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Gallery Image

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा धनगढीमा पौष १९ र २० गते स्थानीय सरकार संचालन तथा नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, पूर्व मुख्यमन्त्री, प्रदेश सभा सदस्यहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु, प्रदेश नीति तथा योजना आयोग सहित स्थानीय सरकारका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री स्थानीय तहका कतिपय सवालर समस्याहरुको दोहोरो सम्बादको माध्यमबाट तत्काल फोरमबाटै समाधान गर्न सकिने,

आगामी दिनका लागि सुधार गर्न सकिने मार्ग पहिल्याउन सहयोग पुग्ने,असल अभ्यासहरुको एकआपसमा सिकाइ आदानप्रदान गर्ने,संघीयतालाई सवलीकरण गर्नको लागि नयाँ आयामको शुरुवात तथा अन्य प्रदेशहरुमा पनि सकारात्मक संदेश दिने प्रयास यस कार्यक्रमले गर्ने विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव, कार्यकारी निर्देशक, महालेखा परिक्षक, प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश प्रमुख, विज्ञहरु डा.खिमलाल देवकोटा, काशिराज दाहाल, डा. सोमलाल सुवेदी ले विभिन्न समसामयिक विषयहरुमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रम नेपाल नगरपालिका संघ तथा राष्टिय गाउपालिका महासंघ नेपालको समन्वय तथा सहकार्यमा प्रतिष्ठानले आयोजना गरेको हो ।

सहयोगी सम्पूर्ण सहयोगी हातहरु प्रति प्रतिष्ठान हार्दिक आभार व्यक्त गर्दछ ।