• २०८३ बैशाख २ बुधवार
  • Wednesday 15 Apr 2026

   बझाङ्ग, दार्चुला तथा कञ्चनपुर जिल्लाका उप–प्रमुख तथा उपाध्यक्षहरुको रुपान्तरणाीय नेतृत्व सम्बन्धी क्षमता विकास कार्यक्रम धनगढीमा सम्पन्न

Gallery Image

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीको आयोजनामा बझाङ्ग, दार्चुला तथा कञ्चनपुर जिल्लाका उप–प्रमुख तथा उपाध्यक्षहरुको रुपान्तरणाीय नेतृत्व सम्बन्धी क्षमता विकास कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री मा. कमल बहादुर शाहले उप–प्रमुख तथा उपाध्यक्षहरु भूमिका स्थानीय सरकारलाई प्रभावकारी रुपमा संचालन गर्न तथा सेवा प्रवाहलाई राम्रो बनाउनको लागि सामूहित रुपमा कार्य सम्पादन गर्नुपर्ने तथा प्रदेश सरकारको साथ तथा सहयोग रहने तथा सबैको साझा प्रयासबाट प्रदेशको सम्रग विकास सम्भव रहेको बताउनु भएको छ । कार्यक्रम माघ २१ देखि शूरु भई २३ गते सम्पन्न भएको हो । कार्यक्रममा संविधानविद् काशिराज दाहाल, प्रा.डा. हेमराज पन्त, केशवदत्त भट्टले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम मा ३ जिल्लाका २८ जना उप–प्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहेको थियो । उप–प्रमुख तथा उपाध्यक्षहरुले यस्ता क्षमता विकासका कार्यक्रमहरुले कार्य सम्पादनमा सुधारका साथै भूमिका अझ प्रष्ट भएको धारणा राखेका थिए । कार्यक्रममा उप–प्रमुख तथा उपाध्यक्षहरुले ९ बुँदे साझा प्रतिवद्धता लिखित रुपमा हस्ताक्षर सहित मा. मुख्यमन्त्रीलाई बुझाईएको छ ।